आइतवार, चैत्र २९, २०८२

दोलखाका ९ वटै स्थानीय तहमा कुन पार्टी कति बलियो ?


कान्तिपथ


दोलखामा स्थानीय तहको चुनावलाई लिएर नेताहरू पालिकाको दौडाहामा लागिसकेका छन् । आगामी चुनावमा कुन पार्टीबाट कसले टिकट पाउला भन्ने चासो बढेको छ । कुन पार्टीले जित्ला भनेर आकलन गर्न थालिएको छ । चुल्हाे, चियापसलदेखि चाेक–चाैतारासम्मै फलानोले पायो भने जित्न सजिलो छ तर, त्यो मान्छेलाई फलानो पार्टीले उठायो भनेचाहिँ गाह्रो छ है भन्ने किसिमका विश्लेषण चल्न थालेको छ । चरिकोट, सिंगटी, जिरी, मैनापोखरी जतात्यतै चुनाव लागेको छ ।

हरेक निर्वाचनमा के हाेला भनेर धारणा बनाउन अघिल्लो निर्वाचनको परिणाम हेरेर अनुमान गर्ने गरिन्छ । त्यसपछि अघिल्लाे पटक निर्वाचित जनप्रतिनिधिले गरेको काम र शैलीलाई हेरिने गरेको हुन्छ । त्यसैको आधारको पछिल्लो निर्वाचनले मत प्रभाव पार्ने गरेको तथ्यले देखाउँछ ।

सामान्यतया मतदाताको संख्यामा भएको घटबढ र अघिल्लो निर्वाचनमा पाइएको मतपरिणामलाई आधार मानेर चुनाव प्रक्षेपण गर्ने गरेको देखिन्छ । यस्तै यावत विषयलाई मध्यनजर गरेर हामीले दोलखाका सबै पार्टीको नाडी छाम्ने प्रयत्न गरेका छौ । कांग्रेस-माओवादी-समाजवादी चुनावी गठबन्धन गर्नका लागि आपसी छलफलमा लागेका छन् । पालिका बाडफाडको मोडालिटी भने बनिसकेको छैन । अघिल्लो पटक ९ मध्ये ७ पालिका जितेको एमाले यसपाली एक्लै भिड्ने सुरमा छ, उ सँग गठबन्धन गर्नका लागि जिल्लामा अरु कुनै प्रभावशाली दल छैनन् ।

यस्तो छ दोलखाका नौ गाउँ/नगरको वर्तमान अंकगणित:

१) बैतेश्वर गाउँपालिका
मतदाता संख्या: १७,४६२
प्रमुख: कांग्रेस
उप-प्रमुख: माओवादी
कांग्रेसले जितेका वडा: १,२,३,६
एमालेले जितेका वडा: ४,५,७
माओवादीले जितेका वडा: ७

२) भिमेश्वर नगरपालिका
मतदाता संख्या: २६,८३३
प्रमुख: एमाले
उप-प्रमुख: एमाले
कांग्रेसले जितेका वडा: २,३
एमालेले जितेका वडा: १,४,५,६,७,८,९
माओवादीले जितेका वडा:

३) बिगु गाउँपालिका
मतदाता संख्या: १४,४२३
प्रमुख: कांग्रेस
उप-प्रमुख: माओवादी
कांग्रेसले जितेका वडा: ५,७,८
एमालेले जितेका वडा: ६
माओवादीले जितेका वडा: १,२,३,४

४) गौरीशंकर गाउँपालिका
मतदाता संख्या: १५,३४१
प्रमुख: एमाले
उप-प्रमुख: एमाले
कांग्रेसले जितेका वडा: ४
एमालेले जितेका वडा: १,५,६,७,८,९
माओवादीले जितेका वडा: २,३

५) जिरी नगरपालिका
मतदाता संख्या: १४,०५८
प्रमुख: एमाले
उप-प्रमुख: एमाले
कांग्रेसले जितेका वडा: १
एमालेले जितेका वडा: ३,४,६,७,८,९
माओवादीले जितेका वडा: २,५

६) कालिन्चोक गाउँपालिका
मतदाता संख्या: १८,६६१
प्रमुख: एमाले
उप-प्रमुख: एमाले
कांग्रेसले जितेका वडा: १,९
एमालेले जितेका वडा: ३,४,५,६,७,८
माओवादीले जितेका वडा: २

७) मेलुङ्ग गाउँपालिका
मतदाता संख्या: १८,१५३
प्रमुख: एमाले
उप-प्रमुख: एमाले (हाल समाजवादी)
कांग्रेसले जितेका वडा: ४,६
एमालेले जितेका वडा: १,२,३,७
माओवादीले जितेका वडा: ५

८) शैलुङ्ग गाउँपालिका
मतदाता संख्या: १९,३३०
प्रमुख: एमाले
उप-प्रमुख: एमाले
कांग्रेसले जितेका वडा: २,८
एमालेले जितेका वडा: १,३,४,५,६,७
माओवादीले जितेका वडा:

९) तामाकोशी गाउँपालिका
मतदाता संख्या: १५,८३५
प्रमुख: एमाले
उप-प्रमुख: एमाले
कांग्रेसले जितेका वडा: १,२,३
एमालेले जितेका वडा: ४,५,६,७
माओवादीले जितेका वडा:



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत