सोमवार, पुस २९, २०८१

माओवादी-कांग्रेस कै गठबन्धनमा मिसिए विप्लव


कान्तिपथ


प्युठानमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सत्ता गठबन्धनका दलसँग मिलेर स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ।

प्युठानको माण्डवी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलसँग सहकार्य गर्ने भएको हो।

नेकपासहित सत्ता गठबन्धनका दलले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘माण्डवी गाउँपालिकामा क्रियाशील राजनीतिक दलहरुको बैठक बसी वैशाख ३० गते हुने स्थानीय चुनावमा दलीय अस्तित्व स्वीकार गर्नेगरी गठबन्धनसहित एक ढिक्का भएर जाने कुरामा सहमतिका साथ प्रेस वक्तव्य जारी गरेका छौँ।’

वक्तव्यमा कांग्रेसका गाउँपालिका कार्यसमिति उपसभापति ऋषिराम अधिकारी, माओवादीका गाउँ कमिटी अध्यक्ष बलबहादुर खत्री, जनमोर्चाका अध्यक्ष शंकर आचार्य र नेकपाका इन्चार्ज हरि बस्नेतले हस्ताक्षर गरेका छन्।

माण्डवी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत