‘ए मेरो हजुर ४’ का लागि जी-बबले गाएको र्याप गीतले छोटो समयमा युट्यूवको नेपाल ट्रेन्डिङको शीर्षस्थान कब्जा गरेको छ । हिजो रिलिज भएको गीत केही घण्टामै एक नम्बर ट्रेन्डिङमा उक्लेको हो ।
अनमोल केसी-सुहाना थापा स्टारर रोमान्टिक मुभी नयाँ वर्षमा रिलिज गरिँदैछ । फिल्म प्रदर्शनको छेकोमा जी-बबको स्वरमा प्रमोसनल गीत रेकर्ड गरिएको थियो । उक्त गीतको एउटा अंश हिजो बुढासुब्बा डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएको १७ घण्टामा गीतले झण्डै आठ लाख भ्यूज बटुलिसकेको छ ।
‘ए मेरो हजुर ४’ सँगै एउटा दक्षिण भारतीय चलचित्र पनि नेपालका हलहरुमा रिलिज हुँदैछ । महँगोमा खरिद गरिएको उक्त चलचित्रका कारण ‘ए मेरो हजुर ४’ ले पर्याप्त शो नपाउने खतरा भने देखिन्छ ।