मङ्लबार, माघ २९, २०८१

नेपाल क्रिकेट संघको महाप्रवन्धकमा बृतान्त खनालले नियुक्त


कान्तिपथ


नेपाल क्रिकेट संघको महाप्रवन्धकमा बृतान्त खनालले नियुक्त भएका छन्। उनी आगामी वैशाख ३ गतेदेखि लागू हुने गरी जिएममा नियुक्त भएको क्यानले जनाएको छ।

क्यानका अनुसार उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थामा काम गरेको अनुभव छ। क्यानले यसअघि गत महिना जिएमका लागि दरखास्त आह्वान गरेको थियो। जसमा ३४ जनाको निवेदन परेको थियो।

सर्ट लिस्टमा परेकाको दुई साताअघि अन्तर्वार्ता लिइएको थियो। क्यानले अघिल्लो वर्ष नियुक्त गरेका रौनक मल्लको करार नथप्ने निर्णय गर्दै दरखास्त आह्वान गरेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत