मङ्लबार, अशोज ११, २०७९

उदयपुरमा २५ लाख दिएपछि विद्यालयको नामै फेरियो


कान्तिपथ


उदयपुरको एउटा विद्यालयको नाम फेरेर जग्गा दाताको नाम राखिएको छ। रौतामाई गाउँपालिका- ८ कोप्चेमा रहेको आधारभूत विद्यालय कोप्चेको नाम संशोधन गरी जग्गादाता स्वर्गीय धर्मध्वज थापाको नामबाट विद्यालयको नाम राखिएको हो।

थापा परिवारले विद्यालयलाई २५ लाख रुपैयाँ मूल्य बराबरको ८ रोपनी १ आना १ पैसा जग्गा निःशुल्क प्रदान गरेपछि विद्यालयको नाम परिवर्तन गरिएको प्रधानाध्यापक बेदबहादुर खत्रीले जानकारी दिए।

विद्यालयको नाम संशोधन गरेर अब ‘स्व.धर्मध्जव थापा आधारभूत विद्यालय कोप्चे’ राखिएको खत्रीले बताए। शिक्षा ऐनमा आधारभूत विद्यालयलाई २० लाखभन्दा बढी नगद वा अचल सम्पत्ति प्रदान गर्ने दाताको नाममा उनीहरुले चाहे अनुसार विद्यालयको नाम संशोधन गर्ने प्रावधान छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत