शुक्रबार, फाल्गुन २, २०८१

बागमती प्रदेश प्रहरीको अधिकार कटौती: उपत्यकाको जिम्मा केन्द्रलाई !


कान्तिपथ


सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्दै काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्थाको जिम्मा केन्द्र सरकारको हुने व्यवस्था गरेको छ । सरकारले अध्यादेश जारी गर्दै प्रहरी संरचना केन्द्र केन्द्रमातहत ल्याएको हो ।

सरकारले गत २२ चैतमा अध्यादेश जारी गरेको हो । संविधानको धारा ५६ को दफा ३ अन्तर्गत अनुसूची ४ मा भने प्रदेशभित्रको शान्ति सुरक्षा जिम्मा प्रदेश सरकारको हुने व्यवस्था छ । त्यसलाई कार्यान्वयन गर्न नेपाली प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ तयार भइसकेको पर्दाफासमा समाचार छ ।

सरकारले वाग्मती प्रदेश प्रहरीको अधिकारी कटौती हुने गरी अध्यादेश ल्याएको हो । अध्यादेशमार्फत ऐनमा संशोधन गर्दै दफा १० मा भएको व्यवस्थामा ‘क’ थपेर उपत्यकाका तीन जिल्लाका जिल्ला प्रहरी कार्यालय सोझै नेपाल प्रहरी मातहत हुने बनाइएको छ ।

अध्यादेशमा ऐनको दफा ८ को उपदफा १ (झ) को व्यवस्थापन शब्द झिकेर झिकेर प्रदेश कारागार, हिरासत कक्ष, कैदीबन्दीको व्यवस्थापन तथा सुरक्षा व्यवस्था मिलाउने जिम्मेवारी नेपाल प्रहरीमा रहने बनाइएको छ । यसअघि यो जिम्मेवारी पनि प्रदेश सरकारको हुने उल्लेख थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत