बुधबार, बैशाख ९, २०८३

प्रधानमन्त्रीका छोरा बने मुख्यमन्त्री


कान्तिपथ


पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफका छोरा हम्जा सरिफ पञ्जाबको नयाँ मुख्यमन्त्री निर्वाचित भएका छन् । पञ्जाब बिधान सभामा पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता हम्जाले आफ्नो पक्षमा १९७ मत ल्याएर शनिबार मुख्यमन्त्रीमा निर्वाचित भएका हुन् ।

पाकिस्तान तेहरिक–इ–इन्साफ (टीआई) पार्टीले चुनाव बहिष्कार गरेकाले हम्जाका प्रतिद्वन्द्वी परवेज इलाहीले कुनै मत प्राप्त गर्न सकेनन् । त्यसअघि संसदमा पीटीआईका सदस्यहरूले होहल्ला गरेका थिए । विधानसभामा पीटीआईका सदस्यहरूले उपसभामुख दोस्त मोहम्मद मजारीलाई हातपात गर्न खोजेपछि हंगामा मच्चिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत