सोमवार, जेष्ठ २, २०७९

गठबन्धनले भोलिसम्म महानगर–उपहानगरका उम्मेदवार टुंग्याउने


कान्तिपथ


सत्ता गठबन्धनका शीर्ष नेतृत्वबीच भोलि सोमबारसम्म देशभरका महानगर र उपमहानगरका उम्मेदवार टुंग्याउने सहमति भएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा केही पालिकाहरुमा उम्मेदवारीको विषयमा समस्या देखिन थालेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भएको गम्भीर छलफलमा उक्त सहमति भएको हो।

त्यसैगरी दुई नेताबीच बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे कार्यदलको रिपोर्ट लिने निर्णय पनि भएको छ। उक्त छलफलमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

बालुवाटार स्रोतका अनुसार आजै बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत