सोमवार, माघ ७, २०८१

बिहेमा जुत्ता लुकाउँदा रणबीरका सालीले पाए १ लाख


कान्तिपथ


आलिया-रणबीरको विवाहमा रणवीरले सासुबाट निकै महँगो उपहार पाएका छन् । रिपोर्टका अनुसार आलियाकी आमा सोनी राजदानले रणवीरलाई २.५ करोडको घडी उपहार दिएकी छिन् ।

बिहेको क्रममा आलियाका बहिनीहरू पूजा-शाहीन भट्ट र आलियाको गर्ल ग्याङले बेहुलासँग जुत्ता चोरीवापत ११.५ करोड रुपैयाँ मागेका थिए । तर, रणवीरले उनलाई एक लाख मात्र दिए ।

अप्रिल १४ मा रणवीर र आलियाले विवाह गरेका थिए । विवाह समारोह अत्यन्तै व्यक्तिगत थियो र विवाहमा परिवारका सदस्यहरू मात्र सहभागी थिए। हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार आलिया र रणबीरले फेरे पछि औंठी साटासाट गरे । आलियाले उपहारको रूपमा हिराको औंठी पाइन्।

विवाहका पाहुनाहरूलाई फिर्ता हुँदा उपहारस्वरूप कश्मीरी सल दिइयो। यो शल धेरै महँगो छ र धेरै राम्रो सामग्रीबाट बनेको छ। यो शल आलियाले पाहुनाको लागि रोजेकी थिइन् । पाहुनाहरुले पनि बेहुलीको छनोट मन पराए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत