बिहिबार, बैशाख ६, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • बैतेश्वरमा एमाले उम्मेदवार फाईनल: अध्यक्षमा घिमिरे, उपाध्यक्षमा तामाङ्ग

बैतेश्वरमा एमाले उम्मेदवार फाईनल: अध्यक्षमा घिमिरे, उपाध्यक्षमा तामाङ्ग


कान्तिपथ


दोलखाको बैतेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि नेकपा (एमाले) ले उम्मेदवारको टुंगो लगाएको छ । नाम्दु गाविसका पुर्व निर्वाचित अध्यक्ष माधवप्रसाद घिमिरेलाई गाउँपालिका प्रमुखमा सिफारिस गरिएको छ । उपाध्यक्षमा शान्ति कुमारी तामाङ्गलाई सर्वसम्मत सिफारिस गरिएको नेकपा (एमाले) बैतेश्वर गाउँपालिका कमिटीका उप-सचिव पुण्यप्रसाद रिमालले बताए ।

घिमिरे पार्टीको बैतेश्वर गाउँपालिका कमिटी अध्यक्ष समेत रहेका छन् भने तामाङ्ग पार्टीको बागमती प्रदेश कमिटी सदस्य हुन् । अघिल्लो पटक जिल्लाभर ७ पालिका जितेको एमाले यसपटक बैतेश्वरमा आईसब्रेक गर्ने तयारीमा रहेको रिमालले बताए । तामाङ्ग २०७४ को स्थानीय निर्वाचनमा उपाध्यक्षमा पराजित भएकी थिइन् ।

बैतेश्वरमा नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षको रुपमा अघि सारेको छ भने कांग्रेसले उम्मेदवारको टुंगो लाउन सकेको छैन । कांग्रेसबाट छवि लामा, छबिलाल मोक्तान, तारा खड्का, राजु उप्रेती प्रमुख दाबेदारको रुपमा देखा परेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत