बिहिबार, बैशाख ६, २०८१

‘मकै पिन्नु जाँतोमा’ म्युजिक भिडियो सार्वजनिक


कान्तिपथ


गायिका मेलिना राई र गायक रमेश राई एकसाथ ‘मकै पिन्नु जाँतोमा’ बोलको म्युजिक भिडियो लिएर आएका छन् । प्रेमिल शैलीको गीतमा निशा नेम्वाङको शब्द र विष्णु पोल्वाङ्छा चाम्लिङ राईको सङ्गीत रहेको छ । गीतलाई राजु कार्कीले सङ्गीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा बीना राउत, सुन्दर घलान र रमेश राईको अभिनय रहेको छ । सनम तामाङले छायाङ्कन गरेको यस भिडियोमा केशवराज भट्टको कोरियोग्राफी रहेको छ । अर्जुन खड्काको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।

गायक राईको युट्युब च्यानल ‘रमेश राई’ मार्फत् भिडियो सार्वजनिक भएको हो । निर्माण समूहले भिडियोलाई हेरेर प्रतिक्रिया दिन आग्रह गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत