आइतवार, माघ ६, २०८१

एसइईका लागि तयारी तीव्र


कान्तिपथ


बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी तीव्र पारिएको छ । यही वैशाख ९ गतेदेखि हुने उक्त परीक्षाका लागि तयारी तीव्र पारिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले जनाएको हो । इकाई प्रमुख नरेन्द्रप्रसाद अवस्थीका अनुसार परीक्षा सञ्चालनका लागि २५ वटा परीक्षा केन्द्र निर्धारण गरिएका र ग्रेड वृद्धिका परीक्षार्थीको परीक्षा नियमिततर्फको परीक्षा दिएको विद्यालयमै हुने भएको छ ।

विगतमा छुट्टै परीक्षा केन्द्र निर्धारण गरिए पनि अहिले ग्रेड वृद्धि गर्ने परीक्षार्थीहरुको परीक्षा नियमितको परीक्षा दिएकै विद्यालयमा गर्न केन्द्राध्यक्षहरुलाई नियुक्त गरिसकिएको छ । परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन नियुक्त केन्द्राध्यक्षका लागि यही वैशाख ६ गते अभिमुखीकरण कार्यक्रम राखिएको जनाइएको छ । यस वर्षको एसइई परीक्षामा जिल्लाका पाँच हजार ४३१ विद्यार्थी सहभागी हुने भएकामा नियमिततर्फ पाँच हजार १८१, प्राविधिकतर्फ १८१ र ग्रेड वृद्धितर्फ ६७ विद्यार्थीसहभागी हुनेछन् । परीक्षा यही वैशाख ९देखि २० गतेसम्म परीक्षा हुने भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत