सोमवार, जेष्ठ २, २०७९

एमालेको राजामहाराजा, होली वाईनसंग गठबन्धन: प्रचण्ड


कान्तिपथ


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले)को नेतृत्वमा रहेको गठबन्धन प्रगतिशील नभएको बताएका छन् । उनले एमाले नेतृत्वमा राप्रपा, नेपाल, नेपाल परिवार दललगायतको गठबन्धनलाई परिवर्तन विरोधी गठबन्धन बनेको बताए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार पत्रकार सम्मेलन गर्दै दाहालले भने, ‘एउटा यही गठबन्धन (कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको) भयो । अर्को होली वाइन, सबै राजावादीहरू भएर बनेको हुनाले कुन प्रगतिशील हो भन्ने छ्यांगै देखिएको छ ।’

दाहालले एमालेले गरेको गठबन्धनलाई संविधानको विरुद्धमा लाग्नेहरूको भएको आरोप लगाए । उनले भने, ‘हिजोका सामन्त, राजामहाराजा र उसँग सम्बन्धित पार्टीहरूसँग गठबन्धन गर्न खोज्ने, लोकतन्त्रवादी, गणतन्त्रवादीहरूसँग भन्दा प्रतिगामी शक्तिहरूसँग गठबन्धन गर्न खोज्ने प्रवृत्ति छ ।’

विगतमा सशस्त्र विद्रोह र आन्दोलनका उपलब्धिहरू संविधान, समानुपातिक समावेशी प्रणाली, धर्मनिरपेक्षतालगायत उल्ट्याउन खोजिएको दाहालको भनाइ थियो । विगतमा त्यस्ता शक्तिको हातमा मुलुकको राज्यसत्ता गएको भन्दै आगामी दिनमा त्यो कमजोरी हुन नदिने उनको दाबी थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत