शुक्रबार, फाल्गुन २, २०८१

एकानब्बे आरोही समूहका ७४० आरोहीलाई हिमाल आरोहण अनुमति


कान्तिपथ


यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि हालसम्म ९१ आरोही समूहका ७४० आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार वैशाख ४ गतेसम्म सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सहित विभिन्न २२ हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको हो । हालसम्म सगरमाथा हिमाल आरोहणका लागि सर्वाधिक ३२ आरोही समूहका २६२ आरोहीले अनुमति लिएका छन् ।

विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा अहिलेसम्म सगरमाथा आरोहणका लागि मात्रै ३२ समूहका २६२ आरोहीले अनुमति लिएका छन् । त्यस्तै, माउन्ट ल्होत्से (८,५१६ मिटर) आरोहणका लागि १० समूहका ९४ आरोहीले अनुमति लिएका छन् । अमादब्लम (६,८१४ मिटर) आरोहणका लागि छ समूहका ६५ आरोहीले अनुमति पाएका छन् । कञ्चनजङ्घा (८,५८६ मिटर) आरोहणका लागि छ समूहका ६७ आरोहीले अनुमति लिएका छन् । नुप्त्से (७,८५५ मिटर) मा पाँच समूहका ३८ आरोही छन् ।

त्यसैगरी अन्नपूर्ण (८,०९१ मिटर) आरोहणका लागि चार समूहका २६, धौलागिरि (८,१६७ मिटर) आरोहणका लागि दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् । मिलुङ्ग चुलीका लागि दुई, भेम्दोङ्ग, गङ्गापूर्ण र थापा पिकका लागि तीन आरोही समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हिमाल आरोहणबाट हालसम्म रु ३९ करोड ५२ लाख ३१ हजार ५२ रोयल्टी उठेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत