शुक्रबार, कार्तिक २१, २०८२
  • गृहपृष्‍ठ
  • पर्यटन
  • एसएसपी अधिकारीको ‘फिल्म डे’ देखि हाइकिङसम्मका कर्यक्रमले प्रहरीहरु उत्साहित

एसएसपी अधिकारीको ‘फिल्म डे’ देखि हाइकिङसम्मका कर्यक्रमले प्रहरीहरु उत्साहित


कान्तिपथ


जेन जी आन्दोलनपछि प्रहरी संगठनभित्र खस्किएको मनोबललाई पुनःउत्थान गर्न काठमाडौं उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले फरक र सृजनात्मक पहल थालेका छन्। उनले कडा कामको दबाबमा रहने प्रहरी कर्मचारीलाई ताजगी र हौसला दिने उद्देश्यले ‘रिफ्रेसमेन्ट डे’ कार्यक्रम सुरु गरेका छन्।

यस अन्तर्गत बिहीबार उनले राजधानीको कमलदीस्थित सिटी सेन्टरको हलमा ५० जना प्रहरीलाई ‘माइतीघर’ फिल्म हेर्न लगाउँदै विशेष मनोरञ्जन दिवस मनाए।
“प्रहरीहरू निरन्तर सडक र भीडमा खटिन्छन्। उनीहरूको मानसिक सन्तुलन र मनोबल उच्च राख्न यस्ता हल्का तर अर्थपूर्ण गतिविधि आवश्यक पर्छ,” एसएसपी अधिकारीले भने।

उनका अनुसार, यस्ता कार्यक्रमहरूले तनाव घटाउने, संगठनप्रतिको आत्मीयता बढाउने र सहकर्मीबीचको सम्बन्ध अझ मजबुत बनाउने काम गर्छ।
“हामी केवल अनुशासन र आदेशमा सीमित छैनौं, प्रहरी पनि समाजकै हिस्सा हुन्। कहिलेकाहीँ उनीहरूलाई पनि हाँस्ने, रमाउने मौका चाहिन्छ,” उनले थपे।

एसएसपी अधिकारीले यस्ता रिफ्रेसमेन्ट गतिविधि केवल फिल्ममा सीमित नराख्ने बताउँदै आगामी दिनमा हाइकिङ, खेलकुद र सामूहिक घुमघाम जस्ता कार्यक्रमहरू समेत आयोजना गर्ने योजना रहेको बताए।

सहभागी प्रहरीहरू पनि यस्तो पहलप्रति निकै उत्साहित देखिए। उनीहरूले लामो समयपछि हल्का र सकारात्मक ऊर्जा अनुभव भएको बताए।

एसएसपी अधिकारीको अभियानले उपत्यका ट्राफिक प्रहरीमा ‘मानवीय नेतृत्व’को उदाहरण बन्दै गएको रिफ्रेसमेन्ट कार्यक्रममा सहभागी एक ट्राफिक प्रहरीले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत