शुक्रबार, फाल्गुन २, २०८१

अनुशासनहीन कार्य गरेको भन्दै नयाँबस्ती युथलाई ३ लाख जरिवाना


कान्तिपथ


अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘बी’ डिभिजनमा रहेको नयाँबस्ती युवा क्लबलाई रु तीन लाख जरिवाना गरेको छ ।सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा लिग कमिटीको बैठकले बी डिभिजन लिग खेलमा अनुशासनहिन कार्य गरेको भन्दै नयाँबस्तीलाई जरिवाना गरिएको हो । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्तगत गत चैत २६ गते भएको खेलमा नयाँबस्ती युवा क्लब मध्यपुर युथ एशोसिएशनसँग ३–१ गोलअन्तरले पराजित भएपछि नयाँबस्तीले अभद्र व्यवहार गरेका कारण एन्फाले कारबाही गरेको हो ।

त्यतिबेला मध्यपुरसँग पराजित भएपछि क्लबका पदाधिकारीले प्लेयर बक्स तोडफोड गर्नुभएको थियो । सो जरिवानासँगै एन्फाले क्लबका अफिसियल, व्यवस्थापक र खेलाडीलाई पनि प्रतिबन्ध लगाएको छ । अफिशियल श्रीबहादुर योगीलाई दुई वर्षसम्म एन्फाले गर्ने कुनै पनि फुटबल गतिविधिमा भाग लिन नपाउने गरी निलम्बन गरेको छ । एन्फाले क्लबका व्यवस्थापक विकास राईलाई ६ महिना तथा खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत