शनिबार, जेष्ठ ७, २०७९

फुलहम प्रिमियर लिगमा बढुवा


कान्तिपथ


फुलहम प्रिमियर लिगमा बढुवा भएको छ । च्याम्पियनसिप क्लब मंगलबार राति भएको खेलमा प्रिस्टन नर्थ इन्डमाथि ३–० को जित निकाल्दै प्रिमियर लिगमा बढुवा भएको हो ।​ फुलहम चार खेल अगावै प्रिमियर लिगमा बढुुवा भयो । गत सिजन रेलिगेसनमा परेको एक सिजनमै फुलहम बढुवा भएको हो ।

घरेलु मैदानमा फुलहमलाई जित दिलाउन एलेक्सान्डर मिट्रोभिचले दुई गोल गरे । त्यस्तै फाबियो कार्भाल्होले एक गोल गरे । फुलहमले तीनै गोल पहिलो हाफमा गरेको हो । जितसँगै फुलहमले ४२ खेलमा ८६ अंक जोडेर शीर्ष स्थानमा उक्लदै बढुवा भयो। पराजितप्रिस्टन ५८ अंक जोडेर १५ औं स्थानमा छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत