इन्टर मिलान कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको मिलान डर्बी भिडन्तमा इन्टरले सहज जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानमाथि ३–० गोलको जित निकाल्यो । पहिलो लेगमा इन्टरले गोलरहित बराबरी खेलेको थियो । इन्टरले समग्रमा ३–० को जित निकालेको हो । इन्टरको जितमा लाउटरो मार्टिनेजले दुई गोल गरे । त्यस्तै रोविन गोसेन्सले एक गोल गरे ।
खेलको चौंथो मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाए । ४० औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई २–० को अग्रता दिलाए । ८२ औं मिनेटमा रोबिनले गोल गर्दै इन्टरलाई ३–० को सहज जित दिलाए । अब इन्टरले उपाधिका लागि युभेन्ट्स र फियोरेन्टिनाबीचको विजेतासँग खेल्नेछ । युभेन्ट्स र फियोरेन्टिनाबीचको खेल आज राति हुँदैछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ