उपाधि होडमा रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ४–० अन्तरले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा एकपक्षीय खेल खेलेको लिभरपुलले उपाधि यात्रामा म्यानचेस्टर सिटीलाई पछ्याउने क्रममा दुवै हाफमा दुई-दुई गोल गरेको हो ।
टोलीको सानदार जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक-एक गोल गरे । पुत्रशोकका कारण युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो खेलमा अनुपस्थित थिए । जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७४ अंक छ । हारसँगै युनाइटेड ३३ खेलबाट ५४ अंक जोडेर छैटौँ स्थानमा छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ