आर्सनले प्रिमियर लिग फुटबलमा चेल्सीलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको घरेलु मैदानमै भएको खेलमा आर्सनललाई जित दिलाउन एड्डी एनकेटीहले दुई गोल गरे । त्यस्तै स्मिथ रोवे र बुकायो साकाले एक–एक गोल गरे ।
उता चेल्सीका लागि टिमो वार्नर र केसार अज्पिलिकुइटले एक–एक गोल गरे । खेलको १३ औं मिनेटमा एनकेटीहले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । चेल्सीका लागि १७ औं मिनेटमा वार्नरले बराबरी गोल फर्काए । २७ औं मिनेटमा स्मिथ रोवेले गोल गर्दा आर्सनलले २–१ ले गोलको अग्रता बनायो ।
३२औं मिनेटमा सेजर एज्पिलिक्वेटाले गोल गर्दै चेल्सीलाई २–२ को बराबरीमा ल्याए । खेलको ५७ औं मिनेटमा एड्डीले व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनलले ३–२ को अग्रता बनायो । आर्सनलका लागि खेलको इन्ज्यूरी समयमा बुकायो साकाले गोल गर्दै टिमलाई ४–२ गोलको जित दिलाए । जितसँगै आर्सनलले ३२ खेलमा ५७ अंक जोडेर शीर्ष पाँचमा उक्लिएको छ । पराजित चेल्सी ३१ खेलमा ६२ अंक जोडेर तेस्रो स्थानमा छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ