युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा फियोरेन्टिनालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्स उपाधि नजिक पुगेको हो । युभेन्ट्सले पहिलो खेलमा १–० गोलको जित निकालेको थियो । घरेलु मैदानमा युभेन्ट्सले समग्रमा ३–० को जित निकालेको हो । युभेन्ट्सलाई जित दिलाउन फेडेरिको बेर्नार्डेस्ची र डानिलोले एक–एक गोल गरे ।
खेलको ३२ औं मिनेटमा फेडेरिकोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । खेलको इन्ज्यूरी समयमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए । अब युभेन्ट्सले उपाधिका लागि इन्टर मिलानसँग खेल्नेछ । इन्टर र युभेन्ट्सबीचको फाइनल खेल ११ मे मा हुनेछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ