सोमवार, अशोज १०, २०७९

पीएसजीको सहज जित


कान्तिपथ


पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई ३–० गोल अन्तरले हराएको हो ।​ पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे, सर्जियो रामोस र मार्कविन्होसले एक–एक गोल गरे । खेलको २८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा रामोसले गोल गर्दै टोलीको अग्रता २–० को बनाए । ७७ औं मिनेटमा वार्कविन्होसले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए । जितसँगै पीएसजीले पीएसजीले ३३ खेलमा ७७ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।पीएसजीलाई उपाधि जित्न एक जितको आवश्यक छ । दोस्रो स्थानको मार्सेलीले नान्टेसलाई हराएपछि पीएसजीले उपाधिका एक खेल अझै पर्खनु पर्ने भएको हो । पराजित एन्जर्स ३४ अंक जोडेर तालिकाको १४ औं स्थानमा छ । 

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत