बिहिबार, माघ २४, २०८१

पन्जाबमाथि दिल्लीको सहज जित


कान्तिपथ


इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले सहज जित निकालेको छ । बुधबार भएको खेलमा दिल्लीले पन्जाब किङ्सलाई ९ विकेटले हराएको हो । मुम्बईमा पन्जाबले जितका लागि दिएको ११६ रनको लक्ष्य पछ्याएको दिल्लीले १० ओभर ३ बलमा एक विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीका डेभिड वार्नरले अविजित ६० रनको अर्धशतकीय पारी खेले । यस्तै पृथ्वी शले ४१ रन बनाउँदा सर्फराज खान १२ रनमाको योगदान गरे ।​ बलिङतर्फ पन्जाबका राहुल चाहरले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा अलआउट हुँदै ११५ रनपन्जाबका जितेश शर्माले ३२ रन बनाए । कप्तान मायांक अग्रवालले २४ रनको योगदान गरे । बलिङतर्फ दिल्लीका ललित यादव, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले २/२ विकेट लिए ।

जितसँगै दिल्ली छैटौं स्थानमा उक्लिएको छ । दिल्लीले ६ खेलमा ६ अंक जोडेको छ । दिल्लीको यो तेस्रो जित हो । पराजित पन्जाब ७ खेलमा ६ अंक जोडेर आठौं स्थानमा छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत