बिहिबार, बैशाख ६, २०८१

क्रान्तिकारीका सचिव भट्ट बेद्कोटको मेयरमा सिफारिस


कान्तिपथ


कंचनपुर । कंचनपुर जिल्ला स्थित बेदकोट नगरपालिकाको मेयरका लागि अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रिय सचीव भीम भट्ट सिफारिस भएका छन। नेकपा (माओवादी केन्द्र) बेदकोट नगर कमिटीको पदाधिकारी बैठकले भीम भट्ट लाई बेदकोट नगरपालिकाको मेयर पदमा सिफारिस गरी जिल्ला समन्वय समितिमा पठाइएको हो।

२०६० सालदेखि विद्यार्थी राजनितिमा सक्रिय रुपमा होमिएका भट्ट युवा, विद्यार्थी माझ बौद्धिक एवं सालिन नेताको रुपमा चिनिनु हुन्छ। कंचनपुर जिल्ला अध्यक्ष हुँदै सुदुरपश्चिम प्रदेश सहसंयोजक, चार कार्यकाल केन्द्रिय सदस्य र हाल देशको प्रमुख विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रिय सचीवको जिम्मेवारीमा रहेका भट्टले माओवादी केन्द्र कंचनपुरको विभिन्न जिम्मेवारी समेत निर्वाह गरिसकेका छन।

उनले युवा बिद्यार्थीको हक हितका साथै सामुदायिक बिद्यालयको बिकासमा समेत अहम् भुमिका निर्वाह गरेका छन। उनी महेन्द्रनगर स्थित भृकुटी माध्यमिक बिद्यालयको ब्यबस्थापन समिति अध्यक्ष हुदा भृकुटी मा.वि.मा प्राबिधिक शिक्षाका क्षेत्रमा सुदुरपस्चिम प्रदेशमै नयाँ र पहिलो कार्यक्रम इलेक्टि्रकल इन्जिनियरिङ्ग कार्यक्रम सुरुवात गरेका थिए।

कंचनपुरको बेदकोट नगरपालिका ४ बगुनका बासिन्दा भट्ट सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय ब्याक्ती हुन हकि स्वभाव र बौद्धिक क्षमताका धनी उनी कंचनपुर जिल्लामा मात्रै नभएर केन्द्रिय स्तरमै युवा तथा बिध्यार्थी माझ लोकप्रिय एवं प्रभावशाली युवा नेताको रुपमा चिनिनुहुन्छ।

उहा सङ्गै बेदकोट नगरपालिकाको मेयरका लागि शंकर दत्त जोशी, हेमराज पाण्डेय, मिनराज गिरी,लाल परियार, योगेश साउद,जनक धामी र उपमेयरमा महिला नेत्री हिरा जैशी “सिमा”, रेखा बम चन्द, सीता डगौरा, शान्ति शाही भण्डारी,पार्वती रोस्यारा लाई सिफारिस गरि जिल्ला समन्वय समितिमा पठाइएको छ।

नगर समितिले जिल्ला समन्वय समितिमा पठाएका नामहरुमा आवश्यक छलफल गरि प्रदेश पार्टी लाई जिल्लाको राय सहित पठाउने र प्रदेश पार्टीले अन्तिम टुंगो लगाउने नेकपा माओवादी केन्द्र बेदकोट नगरका सचिब दान बहादुर बमले जानकारी गराए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत