शुक्रबार, जेष्ठ ६, २०७९

पाल्पा फुटबल सङ्घको अध्यक्षमा राणा विजयी


कान्तिपथ


जिल्ला फुटबल सङ्घ पाल्पाको अध्यक्षमा प्रणयविक्रम राणा विजयी हुनुभएको छ । निर्वाचनमा उहाँ आफ्नो निकटतम् प्रतिद्वन्द्वी मनोहर थापालाई छ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।

पन्ध्र मत रहेको जिल्ला फुटबल सङ्घको उपाध्यक्षमा मनोजमान लिगल, प्रज्वल उदय, कृष्ण सारु मगरले नौ–नौ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

महिला सदस्यमा युकी गाहा विजय हुनुभएको छ । सदस्यमा अनिष श्रेष्ठ, दीपेन्द्र खनाल, कृष्णबहादुर बाकाबल, सुलभ कार्की, सुरज सारु, हरिबहादुर ज्ञवाली, दलबहादुर रास्कोटी, युवराज चिदी, अमृतबहादुर राना, सुजन थापा विजयी हुनुभयो । सदस्य सबैले नौ–नौ मत प्राप्त गर्नुभएको छ ।

नवनिर्वाचित अध्यक्ष राणाले फुटबलको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै खेलाडी उत्पादन, प्रतियोगिता आयोजनाका साथै खेलकुद सामग्री सङ्कलनमा जोड दिने बताउनुभयो । एन्फाका केन्द्रीय सहमहासचिव प्रकाश पङ्गेनीले दुई वर्ष कोभिड–१९ ले खेलकुदका गतिविधि सुस्ताए पनि आगामी दिनमा खेल गतिविधि बढ्ने बताउनुभयो । पूर्वअध्यक्ष भीमसेन कार्कीले मणिमुकुन्द कपदेखि लिएर विभिन्न प्रतियोगिता आयोजना गरेकोे बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत