सोमवार, माघ ७, २०८१

कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन


कान्तिपथ


राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेको छ । बोर्डले आज सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा केही परिवर्तन गरेको जनाएको छ । सूचनामा कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने उल्लेख छ ।

यसअघि बिहान ११ देखि अपराह्न २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरेको थियो । विभिन्न सरोकारवालाले समय तालिका परिवर्तन गरिदिन अनुरोध गरेपछि समय तालिका परिवर्तन गरिएको बोर्डले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत