ओस्कार अवार्डमा कमेडियन क्रिस रकलाई थप्पड हानेको प्रकरणपछि हलिउड अभिनेता विल स्मिथ पहिलो अन्तर्राष्ट्रिय भ्रमणका सिलसिलामा शनिबार बेलुका भारत पुगेका छन् । त्यस प्रकरण पश्चात १० वर्षको लागि ओस्कारमा प्रतिबन्ध लगाइएपछि उनी विदेश यात्रामा निस्किएका हुन् ।
अवार्ड समारोहमा प्रस्तोतालाई थप्पड हानेपछि विल चौतर्फी आलोचनाको केन्द्रमा परेका थिए । प्रकरण संगै पत्नी जेडालाई लिएर विलको डिभोर्सका गसिप पनि चल्न थालेको छ । त्यसयता उनी निकै तनावमा रहेको विभिन्न हलिउड सञ्चारमाध्यमले जनाएका छन् ।
शनिबार बेलुका विललाई मुम्बई विमानस्थलमा देखिएको थियो । खबरअनुसार उनी आध्यात्मिक गुरु सद्गुरुलाई भेट्न भारत पुगेका हुन् । उनको भारत भ्रमणलाई यही घटनासँग जोडेर हेरिएको छ ।
थप्पड प्रकरणपछि विल स्मिथ पहिलोपटक मुम्बई एयरपोर्टमा देखिएका हुन् । उनी मुम्बईको जुहु मेरियट होटलमा बसेका छन्। उनले सद्गुरुसँग केही समय बिताउने जनाइएको छ । सद्गुरुसँग विल निकट पनि छन् । यसअघि पनि यी दुईको भेटघाट भइसकेको छ ।
डिभोर्सका गसिप चल्ने थालेको समयमा उनी भारत भ्रमणमा पुग्नुलाई महत्वको साथ लिइएको छ । यदि डिभोर्स भएको खण्डमा विलको सम्पत्तिको आधा हिस्सा जेडाले पाउनेछिन् । स्मिथको सम्पत्ति अनुमानित ३५० मिलियन डलर रहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ