हलिउड निर्माण कम्पनी वार्नर ब्रोज र डीसीले यहि वर्ष प्रदर्सनिमा आएको सुपरहिरो फिल्म ‘द ब्याटम्यान’को सिक्वेल बन्ने घोषणा गरेका छन् । प्रदर्शकहरुको व्यापार मेला मानिने सिनेमांकन समारोहमा सिक्वेलको घोषणा गरिएको हो ।
पहिलो फिल्ममा ब्याटम्यानको भूमिकामा देखिएका अभिनेता रोबर्ट प्याटिन्सन सिक्वेलमा प्रमुख भूमिकामा देखिनेछन् । त्यस्तै निर्देशक म्याट रिभ्सले आफूले नै सिक्वेलको लेखन र निर्देशन गर्ने घोषणा गरेका थिए ।
कोरोना महामारीकालमा ‘स्पाइडरम्यान : नो वे होम’ पछि एउटै सप्ताहन्तमा १०० मिलियन डलरको आँकडा पार गर्ने दोस्रो फिल्म पनि ‘द ब्याटम्यान’ बनेको थियो ।
तीन घण्टा लामो सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ले उत्तर अमेरिकी बक्स अफिसमा १३४ मिलियन डलर कमाइ गरेको थियो । ७५९ मिलियन डलरसहित ‘द ब्याटम्यान’ हलिउडमा यस वर्षकै सर्वाधिक ग्रसर कलेक्सन गर्ने फिल्म समेत बनेको छ ।
नेपालमा समेत झण्डै एक महिना चलेको यो फिल्मले विस्तारै पिकअप लिएको थियो । नेपालमा फिल्मले एक करोडभन्दा बढी ग्रस कमाइ गरेको वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ