बुधबार, फाल्गुन ६, २०८२

चितवनको नारायणगढमा आगलागी


कान्तिपथ


नारायणगढ बजारस्थित कमलनगर चोकमा भीषण आगलागी भएको छ । तुलसीराम सापकोटाको चार तले घरमा गए रातिदेखि लागेको आगो आज बिहान ७ बजे मात्र निभाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको हो । प्रहरीले आगो लागेको जानकारी आज बिहान २ बजेमात्रै थाहा पाएको होे । त्यसलगत्तै टोली घटनास्थलमा पुगेर आगो निभाउन सुरु गरेको थियो ।

आयो निभाउन भरतपुर महानगरपालिकाको एउटा, खैरहनी नगरपालिकाका दुई दमकल र नेपाली सेनाको एउटा दमकल प्रयोग गरिएको थियो । प्रहरीका अनुसार विष्णुप्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, वसन्त कार्कीको श्री कृष्ण सप्लायर्स, शङ्कर सापकोटाको जुत्ता पसल, वासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा आगलागीबाट क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत