शनिबार, माघ २६, २०८१

आकाशीय ग्रह अनुसन्धान गरिने


कान्तिपथ


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आकाशीय ग्रह र पात्रोका लागि गरिने गणितमा मेल गराउन अनुसन्धान सुरु गर्ने भएको छ । आकाशीय ग्रह र पात्रोमा उल्लेख गरिने ग्रहगतिका विषयमा फरक पर्न थालेपछि अनुसन्धान गर्न समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलगायत सरोकार भएका निकायकाबीच छलफल सुरु गरेको छ । आकाशीय ग्रह गति र पात्रोमा राखिने समयको सिद्धान्त पत्ता लगाएर त्यसलाई क्रियात्मक रुप दिन लागिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

यसका लागि वेदशालाको स्थापना गर्न पनि मन्त्रालयसँग माग गरिएको उहाँले सुनाउनुभयो । आकाशीय ग्रह र गणित एकै रथका दुई पाङ्ग्रा भएकाले अध्ययन अनुसन्धानका लागि वेदशाला अत्यावश्यक भएको समितिको भनाइ छ । आकाशमा जस्तो ग्रह गति छ गणितमा दुरुस्त उतार्न अनुसन्धानमा ढिलाइ भइसकेको छ । अनुसन्धानबाट गणितमा के सुधार गरिनुपर्छ भन्ने प्रष्ट हुने भएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत