बुधबार, चैत्र २५, २०८२

आईपीएलमा कोलकाताको लगातार पाँचौं हार


कान्तिपथ


इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्लीले बिहिबार कोलकातालाई ४ विकेटले पराजित गरेको छ। यो आईपीएलमा कोलकाताको लगातार पाँचौं हार हो ।

टस हारेर पहिले व्याटिङ गरेको कोलकाताले ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । उसले ३५ रनमै ४ विकेट गुमाएको थियो । यद्यपि कप्तान श्रेयस अय्यर र नितिश राणाले कोलकाताको ब्याटिंगलाई स्थिर बनाएका थिए । नितिश राणाले ३४ बलमा सर्वाधिक ५७ रन बनाए । यो उनको आईपीएलमा १५ औं अर्धशतक हो ।

टस जितेर दिल्लीका कप्तान ऋषभ पन्तले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको कोलकाताको न्युन टार्गेटलाई दिल्लीले १८ औं ओभरको अन्तिम बलमै हासिल गर्यो । दिल्लीका लागि डेभिड वार्नरले ४२, अक्षर पटेलले २४, ललित यादवले २२ र रोमन पावेलले अविजित ३३ रन बनाए भने बलिङतर्फ उमेश यादवले ४ ओभरमा २४ रन खर्चिएर ३ विकेट झारे ।

बलिङतर्फ कोलकाताका कुलदीप यादवले सर्वाधिक ४ र मुस्तफिजुर रहमानले ३ विकेट लिएका थिए । यस हारसंगै कोलकाता को प्लेओफ पुग्ने सम्भावना कम भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत