इन्ग्लिश प्रिमियर लिग फुटबलमा बिहीबार राति भएको म्यानचेस्टर युनाइटेडले र चेल्सी बीचको खेल १-१ को बराबरी मा टुंगिएको छ। यस नतिजा संगै दुवै टिम ले अंक बाँढेका हुन् ।
युनाइटेडको घरेलु मैदानमा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । मार्कोस अलन्सोले ६० औं मिनेटमा गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए भने त्यसको दुई मिनेटपछि नै युनाइटेडका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए।
बराबरीपछि अंक तालिकामा तेस्रो स्थानमा रहेको चेल्सीले ३३ खेलबाट ६६ अंक जोडेको छ । ३५ खेल खेलिसकेको युनाइटेड ५५ अंक जोडेर छैटौं स्थानमा अवजित छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ