शनिबार, चैत्र ९, २०८१

जिम्बावे ए टीमसँग नेपाल पराजित


कान्तिपथ


जिम्बावे एसंगको शृंखलामा पहिलाे टी-२० खेलमा नेपाल ६ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे १८२ रनकाे लक्ष्य जिम्बावेले १८.५ ओभरमै ४ विकेट गुमाएर पूरा गरेकाे हाे ।

जिम्बावे ए का लागि टाडिवानासा मारुमानी र कप्तान टाेनी मुन्याेङ्गाले अर्धशतकीय पारी खेलेका थिए। मारुमानीले ४१ बल खेल्दै सर्वाधिक ५६ रन बनाएका थिए । उनले ३ चाैका र ३ छक्का पनि प्रहार गरे । टाेनीले २३ बल खेल्दै ७ चाैका मद्दतमा ५० रन बनाए । राेए काए ९ रनमा अविजित रहे ।

नेपालका लागि बसिर अहमदले दुई तथा करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।त्यसअघि आदिल अन्सारीको विष्फाेटक ब्याटिङको सहयोगमा कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले ५ विकेट गुमाएर १८१ रन बनाएकाे थियाे । आदिलले २७ बल खेल्दै ४ चाैका र ३ छक्का मद्दतमा सर्वाधिक ४७ रन बनाए ।

त्यस्तै कुशल भुर्तेलले ३१ बल खेल्दै ८ चाैका मद्दतमा ४६ रन बनाए । यस्तै रोहित पाैडेलले २६ बलमा ३६ र दीपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रन जाेडे । करण केसी ४ रनमा अविजित रहे । बलिङमा जिम्बावेका लागि ब्राड ईभानेस, लुक जाेङ्गले, ब्रान्डन माभुता र जाेन मासाराले एक-एक विकेट लिएका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत