बुधबार, फाल्गुन ६, २०८२

मुख्यमन्त्री शाहीद्वारा इदको शुभकामना


कान्तिपथ


कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद (इद उल फित्र)का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले कर्णालीवासीलगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीलाई विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, मेलमिलाप र भातृत्व अभिवृद्धि भई इदले सम्पूर्ण मौलिक संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गराउने उत्प्रेरणा सबैमा जगाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “विविधता नै नेपाली समाजको पहिचान र सामथ्र्य हो । मुलुकमा रहेका अनेकौं, जातजाति, भाषा, धर्म र संस्कृतिलाई एकताको मालामा गाँसेर हाम्रो संविधानले सबैलाई समान अवसर प्रदान गरेको छ । संविधानको यस पवित्र भावनालाई आत्मसात गरी नेपालको राष्ट्रियता र राष्ट्रिय एकताको प्रवद्र्धन गर्नु हामी सबैको साझा कर्तव्य हो ।” इदले नेपालीहरुबीच राष्ट्रियता एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा पैदा गरोस् भन्दै उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना प्रदान गर्नुभएको छ । –––



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत