पर्वतीय फिल्म फेस्टिभलहरुको अन्तर्राष्ट्रिय छाता संस्था इन्टरनेसनल अलायन्स फर माउन्टेन फिल्म (आईएएमएफ)को विश्व सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ । २० मुलुकका २८ फेस्टिभल सदस्य रहेको आईएएमएफमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) पनि सदस्य छ ।
सन् १९५२ मा स्थापना भएको यो ट्रेन्टो फिल्म फेस्टिभल विश्वकै पुरानो फेस्टिभल अन्तर्गत पर्छ । शनिबार इटालीको ट्रेन्टोमा सम्पन्न साधारणसभाले नवनिर्वाचित बोर्ड अफ डाइरेक्टर्स पनि घोषणा गरेको हो ।
नवनिर्वाचित समितिमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) आयोजना संस्था हिमाल एसोसियसनका अध्यक्ष बसन्त थापा निर्देशकमा चुनिएका छन् । अध्यक्षमा बिलबाओ मेन्डी फिल्म फेस्टिभलका जाबी बराइयाजारा चुनिएका छन् । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।
किम्फको आगामी संस्करणकै छेकोमा आईएएमएफको विश्व सम्मेलन सन् २०२२ को डिसेम्बरमा काठमाडौंमा हुने जनाइएको छ । सम्मेलन काठमाडौंमा हुने खबरले आफू उत्साहित रहेको किम्फले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ