शुक्रबार, जेष्ठ ६, २०७९

टेलिफोन सेवा अवरुद्ध


कान्तिपथ


हुम्ला जिल्लाको तल्लो क्षेत्रमा करिब तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध छ । नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्ला जिल्लाको अदानचुली, ताँजाकोट, चङ्खेली र सर्केगाडसहित मुगु जिल्लाको सोरु गाउँपालिका सञ्चारविहीन भएका छन् । सेवा अवरुद्ध भएपछि टेलिफोनका माध्यमबाट गर्ने सबै खालका कामकारबाही प्रभावित भएको बताइएको छ । टेलीफोन सेवा अवरुद्ध भएपछि कहाँ र कसरी अवरुद्ध भएको खबर हुन नसकेको गाउँपालिका स्रोतले जनाएको छ ।

यहाँका नागरिकहरु फोन गर्नकै लागि अग्लो डाँडामा चढेर घण्टौ कुरेर फोन गरी फर्किनुपर्ने बाध्यता रहेको अदानचुली गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ भने निर्वाचनको लागि खटीएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलाई जिल्ला वा सम्बन्धित निकायमा खबर गर्न गाह्रो भएको बताएका छन् ।

यसैगरी जिल्लाको माथिल्लो क्षेत्रका नागरिक तीन दिनदेखि टेलिफोन सञ्चार सेवाबाट बञ्चित बनेका छन् । दैलेखमा रहेको महाबुलेखको टावरमा खराबी आउँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । यस्तै इन्टरनेट सेवा अवरुद्ध हुँदा आधा दर्जन बढी बैंक तथा वित्तीय संस्थाको कारोबार ठप्प भएको छ । सञ्चारकर्मीलाई सूचना सम्प्रेषण गर्न पनि समस्या भएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत