इन्डियन प्रिमियर लिग (आईपीएल) मा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पन्जाब किङ्ससँग ८ विकेटले हार बेहोरेको छ। मंगलबार राति गुजरातले दिएको १४४ रनको सामान्य लक्ष्य पन्जाबले १६ ओभरमा मात्र २ विकेटको क्षतिमा भेट्टायो ।
पन्जाबका लागि शिखर धवनले सर्वाधिक ६२ रन बनाए । यस्तै, भानुका राजपाक्षेले ४० रनको योगदान दिएका थिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ६५ रन बनाए । यस्तै, रिद्दिमान शाहले २१ रनको योगदान गरे । पन्जाबका कागिसो राबडाले ४ विकेट लिए ।
जितपछि पन्जाब १० खेलमा १० अंक जोडेर पाँचौ स्थानमा छ । दोस्रो हारका पश्चात गुजरात १० खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ