बुधबार, चैत्र २५, २०८२

बालबालिकाको आम्दानीको माध्यम काफल


कान्तिपथ


जिल्लाका विभिन्न जङ्गलमा यतिबेला काफल पाकेर राताम्मे भएका छन् । अहिले काफल टिपेर धमाधम बिक्री गर्न थालिएको छ । जङ्गलमा पाकेका काफल टिपेर स्थानीयवासीले बिक्री वितरणका लागि राजमार्ग तथा बजार लैजाने गरेका छन् । काफल टिपेर बिक्री गर्न थालेपछि उनीहरुको आम्दानीको स्रोत गतिलो बन्दै गएको छ ।

भीमदत्त राजमार्गका विभिन्न खण्डमा अहिले काफल बिक्री गर्नेको लाम लाग्ने गरेको छ । उनीहरुले काफल प्रतिकिलो रु २०० सम्ममा बिक्री गर्ने गरेका छन् । स्थानीयले खेतीपातीको काम छाडेर जङ्गलमा काफल टिप्न थालेको भक्तबहादुर लामाले बताउनुभयो । स्कुले बालबालिकाका लागि काफल आम्दानीको गतिलो माध्यम बनेको छ । आयस्रोत कमजोर भएका बालबालिकाले काफल बिक्री गरी खर्चको जोहो गर्न थालेका छन् । काफल बेच्दै गरेका रमेश विकले भन्नुभयो, “स्कुलमा बिदा छ, अब भर्ना गर्न पैसाको जोहो गर्दै छु ।”

राजमार्ग, प्रमुख व्यापारी केन्द्र दिपायल, सिलगढी, गैरा, बुडर, सहजपुर, धारापानी, मेलखोलालगायत ठाउँमा अहिले काफल बेच्ने थुप्रै भेटिन्छन् । स्कुले बालबालिका डालोमा काफल राखेर प्रतिगिलास रु १५ देखि रु २० मा बिक्री गरिरहेका छन् । काफल बिक्री गर्न स्थानीयवासी कैलालीको धनगढी र अत्तरिया बजारसम्म पुग्ने गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत