बिहिबार, फाल्गुन १, २०८१

‘बलात्कार हुनेबित्तिकै चिच्याउनुपर्छ’ भनेपछि रमेश उप्रेती विवादमा


कान्तिपथ


चर्चित अभिनेता रमेश उप्रेती एक अन्तर्वार्तामा बलात्कारको विषयलाई लिएर टिप्पणी गरेपछि विवादमा तानिएका छन् ।

मंगलबार एक टीभी कार्यक्रममा कुराकानी गर्दै उप्रेतीले बलात्कार हुने बित्तिकै चिच्याउनुपर्ने र कराउनुपर्ने आशयको टिप्पणी गरेका थिए । उप्रेतीको यस्तो अभिव्यक्तिलाई लिएर केही अभिनेत्रीहरुले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका छन् ।

उप्रेतीले भनेका थिए, ‘पहिलो कुरा त बलात्कार हुने बित्तिकै तत्काल या त कराउनुपर्‍यो, चिच्याउनुपर्‍यो वा भोलिपल्टै पुलिसमा गएर उजुरी दिनुपर्‍यो ।’ पल शाह प्रकरणलाई लिएर उप्रेतीले यस्तो टिप्पणी गरेका हुन् ।

उक्त अन्तवार्तामा उप्रेतीले पल शाह पीडक नभएको दाबी गरेका छन् । अदालतमा मुद्दा विचाराधीन भइरहेको बेला अभिनेता उप्रेतीको यस्तो विवादित बयान आएको हो ।

उप्रेतीको यस्तो बयानलाई लिएर अभिनेत्रीद्वय बेनिशा हमाल र स्वस्तिमा खड्काले भने आपत्ति जनाएका छन् । भिडियो क्लिप इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै उनीहरुले बलात्कार सम्बन्धी यस्तो सोच गलत रहेको बताएका छन् ।

चौतर्फी आलोचना भएपछि उप्रेतीले आफ्नो अभिव्यक्ति पल शाह प्रकरणसँग मात्र लक्षित रहेको बताएका छन् । ‘मेरो स्टेटमेन्ट पल शाहको केसमा मात्र लक्षित हो । बलात्कारसम्बन्धी मुलुकका अन्य घटनाबारे लक्षित होइन,’ उनले भने, ‘मान्छेले नबुझेर, टिकटकमा काटकुट पारेर भिडियो राखेका छन् । म कानुनको विद्यार्थी पनि होइन । मलाई फरक पर्दैन ।’

बलात्कार पीडितले घटनापछि तत्कालै कानुनको सहारा लिने वा प्रतिक्रिया जनाउनेबारेको आफ्नो अडान रहेको भन्दै उप्रेतीले यो अभिव्यक्तिलाई बलात्कारका अन्य केससँग जोड्न नहुने बताएका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत