बुधबार, माघ ३०, २०८१

आचारसंहिता पालना गर्न आग्रह


कान्तिपथ


मुख्य निर्वाचन अधिकृत कार्यालयले निर्वाचन आचार संहितालाई पूर्णरूपमा पालना गर्न राजनीतिक दललगायत सबै पक्षलाई आग्रह गरेको छ । कार्यालयले एक अपिल जारी गर्दै राजनीतिक दल तथा उम्मेदवारले आचारसंहिता पालना नगरेको भन्ने जनगुनासो बढेको जनाउँदै यसको पूर्णरूपमा पालना गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको हो । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले शान्ति पूर्ण तवरले निर्वाचन सम्पन्न गर्ने गराउने कार्यमा सबै पक्षबाट सहयोग मिल्नेमा पूर्ण आशावादी रहेको बताउनुभयो ।

यसैबीच  नेपाली कांग्रेस, नेकपा ९एमाले), नेकपा ९माओवादी केन्द्र० नेकपा ९एकीकृत समाजवादी०लगायतका ११ राजनीतिक दल मतदाताको घर घरमा पुग्न थालेका छन् ।  माइकिङ तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै ती दलका नेता तथा कार्यकर्ता जुटिरहेका छन् । 

 जिल्लामा पाँच गाउँपालिकामा २७ वडा छन् । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आसन्न निर्वाचमा कूल ३८ हजार ५४५ ले ३४ मतदानस्थलको ५१ केन्द्रबाट मतदान गर्ने छन् ।

स्थानीय प्रशासनले निर्वाचन केन्द्रित  सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।    प्रशासनले मदिरा बिक्री वितरणमा रोक लगाउँदै उम्मेदवार तथा कार्यकर्ता चुनाव प्रसारमा जाँदा आलोपालो गर्न अनुरोध गरेको छ ।  प्रमुख जिल्ला अधिकारी नवराज जैसी र जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले निर्वाचन केन्द्रित सुरक्षा योजना कार्यान्वयन गरिएको जानकारी दिनुभयो । 


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत