शनिबार, फाल्गुन १२, २०८०

बैतडीका ७५ हजार बालबालिकालाई टाइफाइड खोप


कान्तिपथ


बैतडीका करिब ७५ हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै पालिकाका ७४ हजार ९१६ बालबालिकालाई खोप लगाएका हुन् ।

कार्यालयका अनुसार पुर्चौडी नगरपालिकाका १२ हजार ४२२, पाटन नगरपालिकाका आठ हजार ७१०,  दशरथचन्द नगरपालिकाका आठ हजार ४८१, मेलौली नगरपालिकाका छ हजार २३६ बालबालिकालाई खोप लगाइएको छ । यस्तै सिगास गाउँपालिकाका सात हजार ७५०, दोगडाकेदार गाउँपालिकाका  छ हजार ९१४, डिलाशैनी गाउँपालिकाका छ हजार ६१७,  शिवनाथ गाउँपालिकाका छ हजार ३७२, सुर्नया गाउँपालिकामा पाँच हजार ८४५ र पञ्चेश्वर गाउँपालिकाका पाँच हजार ५६९  बालबालिकाले खोप पाएका हुन् ।

जिल्लाका १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाले खोप सेवा पाएका हुन् । टाइफाइड रोगबाट बचाउनका लागि बालबालिकालाई सो खोप पहिलो पटक दिइएको हो । यो खोपको प्रतिरोधात्मक क्षमता झण्डै ९७ प्रतिशत छ । यस वर्ष अभियानको रुपमा टाइफाइडविरुद्धको खोप दिइएको छ भने अर्को वर्षदेखि बालबालिकालाई दिइने नियमित खोपमा सो खोपलाई समावेश गरिने जनाइएको छ ।  

बालबालिकालाई १५ महिना हुँदा दादुरा–रुबेला खोपको दोस्रो मात्रा दिने बेला टाइफाइडविरुद्धको खोप पनि दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । गत चैत २५ गतेबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत