बुधबार, फाल्गुन ९, २०८०

जिम्बाब्बे ए संगको दोस्रो एकदिवसीयमा नेपाल विजयी


कान्तिपथ


जिम्बाब्बे ए विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जिम्बाब्बेले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर भेट्टाएको हो ।

टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बाब्बे ए लाई ३१.५ ओभरमा ८७ रनमा अलआउट पारेको थियो । नेपालका लागि करण केसी र सोमपाल कामीले ३/३ विकेट लिए भने सन्दीप लामिछानेले २ र सागर ढकालले एक विकेट लिए ।

जिम्बाब्बेलाई सस्तैमा समेट्ने क्रममा नेपालले १२ ओभरमा नै ६ विकेट लिइसकेको थियो । जिम्बाब्बे ए का महत्वपूर्ण ब्याटर जोनाथन क्याम्पवेलले २७, ब्राड इभान्सले नटआउट २० र चेफास जुवाओले १० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका लागि ओपनर सुनिल धमलाले ३८ रन बनाए भने अर्का ओपनर आसिफ शेखले ३४ र विनोद भण्डारी ४ रनमा अविजित रहे । जितसँगै दुई एकदिवसीय सिरिज १-१ को बराबरी भएको छ ।

शुक्रबार भएको पहिलो एकदिवसीय खेलमा नेपाल जिम्बाब्बेसँग ३ विकेटले पराजित भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत