बलिउड अभिनेता फरहान अख्तरले पनि हलिउड डेब्यु गर्ने निश्चित भएको छ । मार्भल स्टुडियो र डिज्ने प्लसको आगामी सिरिज ‘मिस मार्भल’मा अख्तरले अभिनय गर्ने पक्का भएको डेडलाइन हलिउडले जनाएको छ ।
फिल्ममा फरहानको भूमिकालाई लिएर थप नखुलाइए पनि उनको विशेष रोल हुने जनाइएको छ । यो सिरिजमा अरामिसा नाइट, सागर शेख, ऋष शाह, जेनोबिया श्राफ, मोहन कपुर, म्याट लिन्ट्जको समेत मुख्य भूमिका हुने जनाइएको छ ।
मार्भलको यो प्रोजेक्टमा हुने फरहानको सम्भावित अभिनयलाई लिएर महत्वका साथ लिइएको छ । आगामी ८ जुनमा मिस मार्भल प्रिमियर हुने तयारीमा छ ।
यतिबेला फरहान तीन बलिउड अभिनेत्रीहरु प्रियंका चोपडा, क्याटरिना कैफ र आलिया भट्टको मुख्य भूमिका रहने फिल्म ‘जि ले जरा’लाई निर्देशन गरिरहेका छन् । साथै उनको कम्पनी एक्सेल इन्टरटनेमेन्ट र रितेश सिधवानीले नेटफ्लिक्ससँग मिलेर काम गर्दैछन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ