स्पानिस ला लिगामा आइतबार राति मड्रिडका दुई टिम बीच भएको डर्बी खेलमा रियल मड्रिड एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएको छ ।
घरेलु मैदानमा भएको यस खेलमा जितपछि एट्लेटिकोले शीर्ष चारमा स्थान पकड रख्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।
एट्लेटिकोलाई जित दिलाउन यान्निक कारास्कोले खेलको ४०औं मिनेटमा पेनाल्टीमार्फत निर्णयाक गोल गरे ।
जितपछि ३५ खेलबाट ६४ अंक जोडेको एट्लेटिकोले चौथो स्थानमा पकड बनाएको छ भने अब ३ खेल बाँकी रहँदा पाँचौ स्थानको बेटिसभन्दा एट्लेटिको ६ अंकले अघि रहेको छ ।
एट्लेटिकोसँग हारेपनि रियल मड्रिडले यसअघि नै शीर्ष स्थानमा रहेर उपाधि पक्का गरिसकेको छ रियल ८१ अंकका साथ यसपटकको बिजेता घोषित भैसकेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ