शुक्रबार, चैत्र २७, २०८२

युक्रेनी भवनको भग्नावशेषमा भेटियो ४४ सर्वसाधारणको शव


कान्तिपथ


रुसी फौजले युक्रेनी सहर इज्युममाथि कब्जा गर्न आक्रमण तीव्र पारिरहेका बेला त्यहाँको एउटा भवनको भग्नावशेषमा ४४ जना सर्वसाधारणको शव फेला परेको छ ।  गत मार्चमा रुसी बमबारीबाट बच्न स्थानीय बासिन्दा भूमिगत तलामा लुकिरहेको अवस्थामा सो पाँच तले भवन ढलेको थियो ।स्थानीय एकजना अधिकारीले उद्धार टोली हालसालै मात्र सो भवनसम्म पुग्न सकेको बीबीसीलाई जानकारी दिए । 

सोही मार्गको अर्को भवनलाई लक्षित गरेर पनि बम प्रहार भएकाले मृतकको संङ्ख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । इज्युमका मेयर भ्यालेरी मार्चेनकोले बीबीसीलाई भने, “हामीलाई अर्को भवनमा पनि मानिस थिए भन्ने थाहा छ । खोजीकार्य जारी रहेको छ । हामीलाई थाहा छ, चाँडै हामीले थुप्रै पीडितका शव फेला पार्नेछौँ ।”

रुसले १ अप्रिलमा नियन्त्रणमा लिएको इज्युम सहरमा अहिले पनि रुसी फौज तैनाथ छ । मर्चेन्काले ती भवनहरूमा बम आक्रमण गरिँदा रुसी फौजले सहरको आधा भाग मात्रै कब्जा गरेको बताए । रुसी फौज अघि बढ्ने क्रममा उनीहरूले सिधै भवन लक्षित बम प्रहार गरेको थियो ।  ती भवनको भग्नावशेष कुनै यन्त्र प्रयोग नगरिकन हातैले हटाइएको हो ।   



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत