बुधबार, चैत्र २५, २०८२

मताधिकारको उपयोग गर्न आह्वान


कान्तिपथ


सुशील कोइराला मेमोरियल फाउन्डेसनले संविधानप्रदत्त मतदानको अधिकारको सदुपयोग गरी मुलुकमा शान्ति, समृद्धि र लोकतन्त्रको स्थायित्वका लागि आ–आफ्नो ठाउँबाट ऐतिहासिक भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।

संविधानसभाबाट जारी नेपालको संविधान २०७२ अनुसार हुन लागेको दोस्रो स्थानीय तहको निर्वाचनमा सहभागी भई वडा एवं टोल तहसम्म लोकतान्त्रिक अभ्यासमा जुट्न पनि फाउन्डेसनले आम जनसमुदायमा अनुरोध गरेको हो । दोस्रो संविधानसभा निर्वाचनपछि सुशील कोइरालाको नेतृत्वमा बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई सबैले स्वीकार गरी पूर्णरुपमा कार्यान्वयनमा अघि बढिसकेको फाउन्डेसनले उल्लेख गरेको छ ।

फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले आज जारी गर्नुभएको विज्ञप्तिमा निर्भिक भएर आफ्नो मतदानको अधिकारको उपयोग गर्न अनुरोध गर्नुभएको छ । जनताको घर आँगनमा विकासको लहर एवं सार्वजनिक सेवा प्रवाह गर्ने स्थानीय सरकारको नेतृत्व छान्ने अवसरलाई नगुमाई सभ्य एवं सुसंस्कृत अभ्यासका आधारमा प्रतिस्पर्धा गर्न पनि फाउन्डेसनले सबैको ध्यानाकर्षण गराएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत