च्याम्पियन्स लिग फुटबलमा अब ३६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि ३२ टोली सहभागी हुने प्रतियोगिताको सन् २०२४/२५ को सिजनबाट ३६ टोली बनाउने युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले निर्णय गरेको छ ।
नयाँ फर्म्याट अनुसार च्याम्पियन्स लिगमा हरेक टोलीले १० म्याच विकमा ८ खेल खेल्नेछन् । यस्तै विगतको युरोपियन प्रदर्शनको आधारमा क्लबलाई च्याम्पियन्स लिगमा दुई स्थान दिने योजना भने रद्द गरिएको छ । युुईएफएका अध्यक्ष अलेक्सेन्डर सेफेरिनले युरोपेली फुटबलका लागि यो एक महत्वपूर्ण निर्णय भएको बताएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ