शुक्रबार, चैत्र २७, २०८२

नेपाली महिला टोलीले युगाण्डासँग टी-२० शृंखला खेल्ने


कान्तिपथ


नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अफ्रिकी देश युगाण्डासँग पाँच खेलको टी–२० शृंखला खेल्ने भएको छ। नेपाली महिला क्रिकेटकाे इतिहासमै पहिलाेपल्ट टी-२० शृंखला हुन लागेकाे हाे ।

नेपाल क्रिकेट संघ क्यानले युगाण्डासँगको अन्तर्राष्ट्रिय शृंखलाको मिति सार्वजनिक गरेको छ । शृंखलाका सबै खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

आसन्न एसिया कप छनोटको तयारीमा रहेको नेपालले खेलाडीलाई एक्स्पोजरका लागि युगाण्डालाई आमन्त्रण गरेको हो ।

नेपालले शृंखलाको पहिलो खेल असार २ गते खेल्नेछ । असार ३, ५, ६ र ७ गते शृंखलाका खेलहरु आयोजना हुनेछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत