इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले आज बिहीबार राति प्रतिस्पर्धा गर्दैछन् । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।
प्लेअफको रेसबाट बाहिरि सकेको मुम्बई आफ्नो साख जोगाउनका लागि खेल्दै छ भने चेन्नईलाई जित निकाल्दै लिगमा शीर्ष पाँचमा उक्लने मौका छ । लिगमा ११ खेल खेलेको चेन्नई ८ अंक जोडेर तालिकाको नवौं स्थानमा छ । यता ४ अंक जोडेको मुम्बई तालिकाको पुछारमा छ ।
आजको खेलका जित निकाल्न सकेमा चेन्नई छैटौं स्थानमा उक्लने छ । त्यसैले महेन्द्र सिंह धोनीको कप्तानीमा साविकको विजेता चेन्नई यो सिजन भने कमजोर बन्यो । यता रोहित शर्माको कप्तानीमा रहेको मुम्बई आईपीएलको यो सिजन सबैभन्दा पहिले बाहिरिने टोली बनेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ