प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार रातिको खेलमा म्यान्चेस्टर सिटीले सहज जित निकाल्दै शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो । सिटीले उल्भ्सलाई ५–१ गोल अन्तरले पराजित गर्यो । उक्त खेलमा केभिन डी ब्रुयनाले चार गोल गरे ।
उनले गरेको एक गोलमा हालान्डको सेलिब्रेसन गर्दै क्लबमा स्वागत गरेका छन् । हालान्डले आफ्नो गोलमा ‘जेन पोज’ गर्दछन् । उनको सेलिब्रेसन मेडिटेनस र योगा अभ्यास गरेर ध्यानमा गएको अवस्थामा प्रयोग गरिन्छ ।
बुधबार राति उल्भ्सविरुद्धको खेलमा डी ब्रुयनाले पनि सोही सेलिब्रेसन गरेर हालान्डलाई स्वागत गरेका हुन् । हालान्ड भर्खरै मात्र सिटीमा आएका हुन् । उनी सिटीको बायर्नविरुद्धको मैत्रीपूर्ण खेलबाट डिममा डेब्यू गर्ने सम्भावना छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ